लक्षण देखियो, पीसीआर गर्दा कोरोना भाइरस देखिएन भने के गर्ने ?

Lok Bhatta ३ वर्ष अघि
  • नेपालमा अहिले ओमिक्रोन भेरिअन्टका कारण कोरोनाभाइरस महामारीको नयाँ लहर फैलिरहेको विज्ञहरूको भनाइ छ।

    विगत दुई सातादेखि दैनिक हजारौँ मानिसमा कोभिड पुष्टि भइरहेको तथ्याङ्कले देखाउँछ।
    कसैकसैमा रुघाखोकी तथा ज्वरोजस्ता लक्षण देखिए पनि पीसीआर वा एन्टिजन परीक्षण गर्दा कोभिड नदेखिने तर त्यसको केही दिनपछि पुनः परीक्षण गर्दा भने कोरोनाभाइरस पुष्टि हुने गरेको चर्चा सामाजिक सञ्जालमा भएको देखिन्छ।

    धेरै मानिसले दोहोर्याएर परीक्षण नगर्दा र एकान्तवासमा नबस्दा सङ्क्रमण फैलिनै डर हुने विज्ञहरूले औँल्याएका छन्।

    यदि आफू निकटस्थ कसैलाई कोभिड देखिएमा वा समान लक्षण देखा पारेमा आफू पनि सङ्क्रमित भए सरह ठानेर एक्लिएर बस्नु हितकर हुने उनीहरूको सुझाव छ।

    कतिपय अवस्थामा कोभिडका लक्षण देखिए पनि परीक्षणको नतिजामा भाइरस पुष्टि नहुनुको कारण सङ्कलित नमुनामा त्यसको मात्रा पत्ता लाग्नेगरी पर्याप्त नभएको तथा खोप लगाएका मानिसमा भाइरसको सङ्ख्या धेरै नबढेको हुनसक्ने ठानिएको छ।

    साभार : बीबीसी