ज्ञानी मानिसले यस्तो ठाउँमा बस्ने विचार पनि गर्दैन ।

Lok Bhatta ३ वर्ष अघि
  • यस श्लोकमा आचार्यले ‘यस्मिन् देशे न सम्नो न वृत्तिर्ण च बन्धवह,
    न च विद्यागमोमप्यास्ति वसत्र न करयेत्’ भन्ने ५ स्थानको उल्लेख गरेका छन्, यस श्लोकमा बुद्धिमान व्यक्तिले यी स्थानमा बस्ने विचार पनि मनमा ल्याउदैन ।

    जहाँ मानिसको इज्जत हुँदैन, त्यस्तो ठाउँमा बस्नु हुँदैन । इज्जत समाजमा मानिसको गहना हो, जुन उसले वर्षौंको मिहिनेतले पाउँछ ।

    आफ्नो मान्छे नभएको ठाउँमा बस्नुको कुनै फाइदा छैन । जब आवश्यक पर्छ तपाईंलाई आफ्नै मान्छे काम लाग्छ । त्यसैले तपाईं बस्ने ठाउँ आफैं छान्नुहोस् ।

    रोजगारीको कुनै साधन नभएको ठाउँमा बस्नु पनि मुर्खता हो । पैसाले मात्र मानिसको आवश्यकता पूरा गर्छ। पैसा कमाउने साधन नहुँदा मानिसको जीवन निर्वाह गर्न कठिन हुन्छ ।

    शिक्षाको साधन नभएको ठाउँमा बस्नुको कुनै अर्थ छैन । यस्तो ठाउँमा तपाईको बच्चाको जीवन पनि प्रभावित हुनेछ र तपाईले पढेको कुरा बुझ्ने कोही हुनेछैन ।