
सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमाली र पहाडी क्षेत्रमा उच्च बिहीबार देअि वर्षासँगै हिमपात भैरहेको छ ।
सामाजिक संजालमा पोस्ट भैरहेका तस्विर अनुसार यसबर्ष अरु बर्षमा हिमपातहुने क्षेत्रभन्दा तल्लो भेगहरुमा सेत हिमपात भएको देख्न सकिन्छ ।
हिमपातपछि चिसोले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । राजमार्ग अवरुद्ध भएका छन् । ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातले पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ ।