काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा लगाइदै

Lok Bhatta ३ वर्ष अघि
  • २४ माघ

    काठमाडौं महानगरपालिका भित्र फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिइदैछ ।

    काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाइने भएको छ ।

    वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले जनाएको छ ।