राम्रो निद्राका लागि सुत्नुअघि गर्नुपर्ने लाभदायी योगासन

Lok Bhatta ३ वर्ष अघि
  • शवासन योगः निद्रा नपुग्नु वा आधा अधूरो निद्रा जस्ता समस्याहरूलाई हटाउन यो योग निकै प्रभावकारी मानिन्छ। यो योगले दिमागलाई शान्त पार्नुका साथै राम्रो निन्द्रा लिन सकिन्छ ।

    बालासना ः धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउन मद्दत गर्छ। यसले तनाव कम गर्छ र शरीरमा रक्तसञ्चार सुधार गर्छ । यो आसन गर्न पनि धेरै सजिलो छ।

    उत्तानासनः तपाईंको पछाडि, काँध र घाँटीमा तनाव कम गर्दछ। यसले तपाईंलाई शान्त बनाउँछ र चिन्ता कम गर्छ। उत्तानासनले रक्तसञ्चारमा पनि सुधार गर्छ । रक्तसञ्चार सुधार गर्नाले राम्रो निद्रा लाग्छ ।

    विपरिता कर्णः कहिलेकाहीँ पेटसम्बन्धी समस्याले निद्रा लाग्दैन। यस्तो अवस्थामा योगा आसन गर्नाले पेटको समस्याबाट छुटकारा पाउन सकिन्छ । यो व्यायामको नियमित अभ्यासले तपाईंको पाचन प्रणालीलाई बलियो बनाउँछ। तपाईको भोक बढ्नेछ। यसले कपालको समयपूर्व सेतो हुनबाट जोगाउन सक्छ।

    सुखासनः यो आसनले दिमागलाई शान्त बनाउँछ, चिन्ता, तनाव र मानसिक थकान कम गर्छ । सुत्नु अघि गर्नुहोस्।