
२५ माघ
हिउँदमा ६०.९ मिलिमिटर पानी परेमा सरदर मानिन्छ । यस वर्ष भने हिउँद नसकिदै ५७.७ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो सरदर वर्षाको ९९ प्रतिशतभन्दा बढी हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।
मौसमविद सजिना शाक्यका अनुसार । बुधबारदेखि सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।