क्यालिब्रेसन उडानका लागि फागुन ५मा नेपालमा जहाज आउने

Lok Bhatta ३ वर्ष अघि
  • २४ माघ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न फागुन ५ गते जहाज आउने भएको छ । अहिले प्राविधिकहरुले विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् ।

    क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि मात्रै विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गरिने छ ।

    विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । क्यालिब्रसन उडान गर्ने जिम्मेवारी समेत सोही कम्पनीको हो ।

    विमानस्थलको भौतिकतर्फको काम शतप्रतिशत पुरा भइसकेकेको छ । अब प्राविधिकतर्फको परीक्षणको काम सकिएपछि विमानस्थल व्यवसायिक रुपमा संचालनका लागि योग्य बन्ने बताइएको छ ।