
बीआर चोपडाको चर्चित शो महाभारतमा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ । उनले ७४ वर्षको उमेरमा दिल्लीस्थित आफ्नै घरमा अन्तिम सास लिए ।
महाभारत बाहेक उनले धेरै हिन्दी फिल्ममा काम गरे पनि उनको भीमको चरित्रले धेरै मानिसको मनमा अमिट छाप छोडेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आ–आफ्नै शैलीमा महाभारतका ‘भीम’ लाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।