कमल थापा राप्रपा नेपालको अध्यक्ष भए

Lok Bhatta ३ वर्ष अघि
  • धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालमा लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्। अध्यक्ष भएका कमल थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताएका छन्।

    पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेको कमल थापाले स्वीकार गरेका छन्।

    ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौं, केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौं।’ थापाले भने

    राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाले जिकिर गरेका छन्। उनले राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने जानकारी गराए।