भ्यालेन्टाइन डे किन मनाइन्छ ? जान्नुहोस् यसको पछाडिको रोचक कथा

Lok Bhatta ३ वर्ष अघि
  • आज भ्यालेन्टाइन डे जोडीहरुबीच विशेष रुपमा मनाइँदैछ । प्रायः यस दिन, जोडीहरू एकअर्कासँग केही विशेष क्षणहरू बिताउन र अर्कोलाई मायाको भावना दिन चाहन्छन्।

    भ्यालेन्टाइन डे विश्वका धेरै देशहरूमा मनाइन्छ, तर के तपाईलाई थाहा छ भ्यालेन्टाइन डे कहिले सुरु भयो ? यो दिन किन १४ फेबु्रअरीमा मात्र मनाइन्छ । भ्यालेन्टाइन डे कसको प्रेमको कथासँग जोडिएको दिन हो ? के तपाईलाई थाहा छ यो दिनसँग सम्बन्धित कुनै विशेष कथा पनि छ ? त्यसोभए आज भ्यालेन्टाइन डे किन मनाइन्छ भनेर जानौं ।

    भ्यालेन्टाइन डे मनाउन कहिले सुरु भयो ?

    फेबु्रअरी १४ मा विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ । रोमका राजा क्लाउडियसको पालामा यो दिवस मनाउन सुरु भएको मानिन्छ । त्यतिबेला रोममा एकजना पादरी थिए, जसको नाम सेन्ट भ्यालेन्टाइन थियो । उनले नै पहिलो पटक भ्यालेन्टाइन डे सुरु गरेका हुन् ।

    किन मनाइन्छ भ्यालेन्टाइन डे ?

    यो विश्वास गरिन्छ कि सेन्ट भ्यालेन्टाइनले संसारभर प्रेम बढाउने बारेमा सोच्थे, तर उनी बसेको सहरका राजा क्लाउडियसले यो कुरा स्वीकार गरेनन् । राजाको विश्वास थियो कि प्रेम र विवाहले पुरुषको बुद्धि र शक्तिलाई नष्ट गर्छ। त्यसैले राजाले त्यहाँका सैनिक र अधिकारीहरूले विवाह नगर्ने आदेश दिएका थिए ।

    यस दिन सेन्ट भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो

    तर, सेन्ट भ्यालेन्टाइनले राजाको यो आदेशको विरोध गरे । बिवाह गरे । जब राजालाई यो कुरा थाहा भयो, उनी क्रोधित भए र उनले १४ फेबु्रअरीमा नै सेन्ट भ्यालेन्टाइनलाई फाँसी दिए । यसपछि सेन्ट भ्यालेन्टाइनको बलिदानको सम्झनामा उनको मृत्युपछि हरेक वर्ष १४ फेब्रुअरीलाई ‘प्रेम दिवस’का रुपमा मनाउने गरिन्छ ।

    सेन्ट भ्यालेन्टाइनले जेलरकी छोरीलाई आँखा दान गरे

    सेन्टको मृत्युलाई विशेष कारणले सम्झिने गरिन्छ । भनिन्छ कि ती दिनहरूमा शहरका जेलरको एउटी छोरी थिइन, जेकबस नामकी केटी जुन दृष्टिविहिन थिइन । सेन्ट भ्यालेन्टाइनले आफ्नो मृत्युको समयमा जेलरकी छोरीलाई आफ्नो आँखा दान दिएका थिए ।