प्रतिनिधिसभामा एमसिसी टेबल गर्न गठबन्धनका प्रमुख दल तयार

Lok Bhatta ३ वर्ष अघि
  • प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले आज एमसिसी प्रतिनिधिसभामा टेबल हुने सहमति हुने जनाएका छन् । गठबन्धनका सबै दलहरू एमसिसी गर्न तयार भएको बताएका छन्।

    ‘गठबन्धनका अरू सबै दल तयार देखिएपछि हामीले मात्र रोकेर भएन, अहिले गठबन्धनको बैठकबाट टेबल गर्ने विषयमा निर्णय हुन्छ होला ।’ नेकपा माओवादी केन्द्रका एक नेताले उनको पार्टी पनि एमसिसी संसदमा टेबल गर्न दिन तयार भएको बताएका छन् ।

    पाँच दलीय गठबन्धनमध्ये चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा भने एमसिसीको विपक्षमा छ ।

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् ।