कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

Lok Bhatta ३ वर्ष अघि
  • ८ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा सहभागी छैन ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची तय गर्ने छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी अनुमोदनको प्रस्ताव संसद बैठकमा पेश गर्ने सहमति जनाएको थियो ।

    यसअघिका बैठकमा दलीय सहमति नभएको भन्दै सभामुख अग्नि सापकोटाले एमसीसीलाई कार्यसूचीमा राखेका थिएनन् ।

    साभार अनलाइनखवर