पूर्वी युक्रेनलाई छुट्टै देश बनाउने रुसको घोषणा

Lok Bhatta ३ वर्ष अघि
  • रुस र युक्रेन बीच लामो समयदेखि विवाद रहेको छ । यही विवादको बीचमा अब रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ठूलो घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले पूर्वी युक्रेनलाई छुट्टै राष्ट्रको रुपमा मान्यता दिएका छन् । पुटिनले रुसले पूर्वी युक्रेनका दुई छुट्टाछुट्टै क्षेत्रको स्वतन्त्रतालाई मान्यता दिने घोषणा गरेका छन् ।

    रुसले स्वघोषित गणतन्त्र डोनेस्क र लुगान्स्कलाई छुट्टाछुट्टै देशको रूपमा मान्यता दिनेछ। अब पुटिनको यो घोषणापछि दुई देशबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । साथै पुटिनको यो घोषणापछि जनताको मनमा अनेक किसिमका प्रश्नहरु उठिरहेका छन् ।