प्रधानमन्त्री देउवाले भने ‐ शान्तिका लागि बौद्ध शिक्षा अनुशरण गर्न आवश्यक छ

Lok Bhatta ४ वर्ष अघि
  • विश्वमा भइरहेको द्वन्द्व नियन्त्रणका लागि बौद्ध शिक्षालाई मार्ग दर्शकका रूपमा लिनुपर्ने प्रधानमन्त्री शेर बहादुर देउवाले बताएका छन्।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १३ औं विश्वविद्यालय सभाको बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति देउवाले नेपाल बौद्ध दर्शनको उद्गमथलो भएकाले शान्ति शिक्षालाई विश्वविद्यालयले प्राथमिकताका साथ अध्यापन गराउन आवश्यक रहेको बताए ।

    प्रधानमन्त्री देउवाले लुम्बिनीबाटै बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्। शान्ति शिक्षाको अध्यापन र प्रवर्द्धनसँगै लुम्बिनीलाई विश्वका राष्ट्रहरूबीच भइरहेका द्वन्द्व व्यवस्थापन गर्ने केन्द्र बनाउन सकिने सम्भावना भएको प्रधानमन्त्री देउवाले भने ।

    प्रधानमन्त्री देउवाले लुम्बिनीलाई द्वन्द्व व्यवस्थापन केन्द्र बनाउन बौद्ध विश्वविद्यालयको भूमिका हुनुपर्ने समेत बताए। समाजनमा नैतिकवान र अनुशासित जनशक्ति आवश्यक छ, त्यस्ता जनशक्ति उत्पादनमा बौद्ध विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्छ ‐ उनले भने।