प्रतिनिधिसभाको बैठक आज बस्दै

Lok Bhatta ३ वर्ष अघि
  • आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुँदैछ ।

    संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने छन्।

    सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ। प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।