सत्तारूढ दलका भातृसंगठन आन्दोलनमा, नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा सतर्कता

Lok Bhatta ३ वर्ष अघि
  • एमसिसीबारे संसदमा छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठनले आन्दोलनमा उत्तिने भएका छन् ।

    संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि दिउँसो १ बजे छलफल हुनेछ ।

    प्रदर्शनलाई मध्यनजर गर्दै गृह मन्त्रालयले संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न प्रहरीले उच्च सुरक्षा सतर्कता समेत अपनाएको छ ।