रुस युक्रेन युद्ध सुरु – कसैले हस्तक्षेप गरे नतिजा निकै नराम्रो हनुे पुटिनको चेतावनी

Lok Bhatta ३ वर्ष अघि
  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरुद्ध युद्धको घोषणा गरेका छन् । उनले रुसले युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका हुन । पुटिनले त्यहाँ बस्ने मानिसहरूलाई बचाउन खोजेको दाबी समेत गरेका छन् । टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेनबाट आएको धम्कीको जवाफमा यो कारबाही गरिएको बताए ।

    उनले युक्रेन माथि कब्जा गर्ने रुसको मनसाय नभएको बताए । पुटिनले रक्तपातको जिम्मेवारी युक्रेन सरकारको रहेको बताए।

    पुटिनले अन्य देशहरूलाई चेतावनी दिए कि रुसी कारबाहीमा हस्तक्षेप गर्ने कुनै पनि प्रयासले उसले पहिले कहिल्यै नदेखेको परिणाम हुनेछ । उनले युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न र मस्कोको सुरक्षा ग्यारेन्टी प्रदान गर्न रुसको मागलाई बेवास्ता गरेको र अमेरिका र उसका सहयोगीहरूले आरोप लगाए ।

    रुसी राष्ट्रपतिले रुसी सैन्य कारबाही युक्रेनको निशस्त्रीकरण सुनिश्चित गर्ने उद्देश्यले भएको बताए । पुटिनले हतियार राख्ने सबै युक्रेनी सैनिकहरू सुरक्षित रूपमा युद्ध क्षेत्रबाट बाहिर निस्कन सक्ने बताएका छन्। पुटिनको यो घोषणामा अहिलेसम्म अमेरिकाबाट कुनै प्रतिक्रिया आएको छैन ।

    युक्रेनका धेरै सहरमा विस्फोट

    यसै क्रममा युक्रेनी बन्दरगाह सहर मारिउपोल नजिकै विस्फोटको आवाज सुनिएको थियो । यस्तो अवस्थामा त्यहाँ गोली हानाहान हुने आशंका गरिएको छ । यो सहर रुसी सिमानाबाट ३० किलोमिटर टाढा अवस्थित छ । विष्फोटको आवाजका कारण बिहानै मानिसहरु ब्युझिएका थिए । घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा सहरमा धुवाँको मुस्लो उठेको देख्न सकिन्छ।

    यसबाहेक राजधानी कीभमा पनि विस्फोटको आवाज सुनिएको छ । युक्रेनको किभ र खार्किभलगायत धेरै सहरमा विस्फोटको आवाज सुनिएको मिडिया रिपोर्टले जनाएको छ । एक पत्रकारले भने, पछिल्लो ३ मिनेटमा कीभको ख्रेष्ट्याकस्थित मेरो अपार्टमेन्टबाट दुईवटा विस्फोटको आवाज सुनिएको थियो ।