आज प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी विरुद्ध बिरोध प्रदर्शन जारी

Lok Bhatta ३ वर्ष अघि
  • प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा विशेष कारण देखाउँदै बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ ।

    बिहीबार बैठक शुक्रबारका लागि सारेर प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सँग छलफल गरेका थिए ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

    यसैबिच एमसीसीको बिरोधमा सडकमा प्रर्दशन भैरहेको छ । बिहिबार पनि प्रहरी र प्रर्दशनकारी बिच झडप भएका थिए । नयाँबानेश्वर क्षेत्र तनाबग्रस्त थियो । आज पनि माइतिघर मण्डलाबाट बिरोध प्रर्दशन सुरु भएको हो ।