एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

Lok Bhatta ३ वर्ष अघि
  • नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा । एमसीसीबारे छलफल गर्न केहीबेरअघि सुरु भएको हो ।

    माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनका नेताहरु एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारीमा छन् ।

    एमसीसी अनुमोदनका लागि यही फागुन ५ गते प्रतिनिधि सभा बैठकमा पेश भएको थियो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु गर्ने तयारी छ ।