पल शाह प्रहरीसामु आफै उपस्थित हुने

Lok Bhatta ३ वर्ष अघि
  • पल शाह प्रहरीसामु आफै उपस्थित हुने

    जबरजस्ती करणीको अभियोग लागेर फरार भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले पल शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।