आज ग्याल्पो ल्होछार

Lok Bhatta ३ वर्ष अघि
  • उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पासमुदायले आज ग्याल्पो ल्हछार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । ग्याल्पो ल्होछार शेर्पा समुदायको नयाँ वर्ष हो ।

    भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । उक्तपात्रो अनुुसार बाँदर वर्ष पूरा भई चरा वर्ष सुरु भएको छ।

    शेर्पाहरुको संस्कृति अनुुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । कुनै बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छन् ।

    आज शेर्पा समुदायमा ग्याल्पो ल्होछार धुमधामका साथ मनाइदैछ । यस अवसरमासरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

    उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पासमुदायले आज ग्याल्पो ल्हछार विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । ग्याल्पो ल्होछार शेर्पा समुदायको नयाँ वर्ष हो ।