ललितपुरको नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु

Lok Bhatta ३ वर्ष अघि
  • ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेका थिए । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

    घरटनाबारे थप बिबरण आउन बाँकी छ । स्घटनामा ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली जाँदै छ ।