नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

Lok Bhatta ३ वर्ष अघि
  • हरेक वर्ष मार्च ८ तारिखका दिन दिवस मनाउने गरिन्छ । आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।


    नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा संसारभरिका महिलाहरुले महिला दिवस मनाउदै आएका छन् ।

    यसबर्षको नारी दिवशको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
    यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री र नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।