स्थानीय तहको निवाएचाका लागि नेपाल प्रहरील एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ । एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा खुल्ने गरी काम भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताएका छन् ।
स्थानीय चुनावका लागि ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरिने छ। भर्ना हुने म्यादी प्रहरीले तलब–भत्ता–राशन सबै जोडेर ४३ हजार पाउँछन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन् ।