
मुगल कालमा धेरै मुगल शासकहरूले होली मनाउने गर्दथे र उनीहरूको शासनमा हरेक धर्मका मानिसहरूले होली खेल्ने गर्दथे ।
होली एक प्राचीन चाड हो । जुन सबै धर्म र जातका मानिसहरूले मनाउछन् ।सम्राटदेखि फकिरसम्म सबैले होली खेल्छन् र यो चलन लामो समयदेखि चलिआएको छ । द स्क्रोलमा प्रकाशित एउटा लेखमा भनिएको छ कि १३ औं शताब्दीमा अमीर खुसरो (१२५३–१३२५) ले होलीको बारेमा केही पङ्क्तिहरू लेखेका थिए, जसले त्यसबेला पनि होलीप्रतिको उत्साह कस्तो थियो भन्ने बताउँछ ।
यी बाहेक, मुगल शासक अकबरले सहिष्णुतालाई प्रोत्साहित गरे र उनको शासनकालमा, सबै चाडपर्वहरू समान उत्साहका साथ मनाइन्थ्यो र यो चलन औरंगजेब बाहेक उनका सबै उत्तराधिकारीहरूले अनुसरण गरे ।
कसरी मनाइन्थ्यो होली ?
यमुनाको किनारमा रहेको लाल किल्लाको पछाडि मेला लाग्थ्यो र ठूलो भीड जम्मा हुन्थ्यो। त्यहाँ धेरै सांस्कृतिक कार्यक्रम र कलाकारहरूको समूह तल भेला थिए । यो दिन यस्तो अवस्था थियो कि कसैले राजा–रानीको नक्कल गर्यो भने कसैलाई नराम्रो लाग्दैन । रानीहरू रमाइलो गर्थे । राती लाल किल्लामा उत्सव हुन्थ्यो । त्यसबेला बहादुर शाह जफरको होरियान निकै चर्चित थियो । यी मुगल शासकहरूले पनि होली मनाउने गर्थे।