यी तीन अवस्थामा व्यक्तिको जीवन प्रायः कष्टप्रद हुन्छ ।

Lok Bhatta ३ वर्ष अघि
  • यी तीन अवस्थामा व्यक्तिको जीवन प्रायः कष्टप्रद हुन्छ ।

    आचार्य चाणक्यले नीतिशास्त्रको दोस्रो अध्यायको आठौं श्लोकमा तीन अवस्थाको वर्णन गरेका छन्। आचार्यले यी तीन अवस्थालाई व्यक्तिका लागि निकै पीडादायी भएको बताए ।

    कष्टं च खलु मूर्खत्वं कष्टं च खलु यौवनम्, कष्टात्कष्टतरं चैव परगृहेनिवासनम्
    यस श्लोकमा आचार्य चाणक्यले मूर्ख व्यक्ति, युवावस्था र अरुको घरमा आश्रय लिनु, यी तीन अवस्था व्यक्तिका लागि निकै पीडादायी हुने बताएका छन् ।

    आचार्यले यस श्लोकमा पहिलो पटक मुर्ख व्यक्तिको उल्लेख गरेका छन्, किनभने मूर्ख व्यक्तिले कहिले पनि सही र गलत छुट्याउन सक्दैन, यसैले सधैं दुःखी रहन्छ । उसको अगाडि कुनै परिस्थिति आयो भने त्यसलाई व्यवस्थापन गर्न नसकेर अरुलाई दोष दिन्छ र आफैं निराश भइरहन्छ ।

    दोस्रो उल्लेख युवावस्थाको हो, किनभने युवावस्थामा मानिस दुःखी हुन्छ । यसबीचमा मनमा अनेक इच्छाहरू उत्पन्न हुन्छन् । यस्तो अवस्थामा उनीहरु कहिल्यै सन्तुष्ट हुँदैनन् र केही न केही पाउन मन विचलित भइरहन्छन् । जसका कारण उनको युवावस्था पीडामा मात्रै बित्छ । खुशी हुनको लागि धैर्य र सन्तुष्टि धेरै महत्त्वपूर्ण छ।

    अरुको घरमा शरण लिनु मुर्खता र युवावस्था भन्दा पिडादायी हुन्छ । जब तपाईं कसैको घरमा बस्नुहुन्छ, तपाईं पूर्ण रूपमा त्यो व्यक्तिमा निर्भर हुनुहुन्छ । यस्तो अवस्था कसैको लागि धेरै पीडादायी हुन्छ ।