चीनमा भयानक विमान दुर्घटना ।

Lok Bhatta ३ वर्ष अघि
  • चीनको गुआङ्सी चुआङ स्वायत्त क्षेत्रमा सोमबार १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । राज्य–संचालित सिन्ह्वा समाचार एजेन्सीले क्षेत्रीय प्रकोप व्यवस्थापन विभागलाई उद्धृत गर्दै भनेको छ, “चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान टेङ्क्सियान काउन्टीको वुझाउ शहरमा दुर्घटनाग्रस्त हुँदा आसपासको पहाडी क्षेत्रमा आगो लागेको छ।“ विमान कुनमिङबाट ग्वान्झाउ जाँदै थियो।

    विगत एक दशकमा चीनको वायुसेवा उद्योगको सुरक्षा रेकर्ड विश्वकै उत्कृष्ट मध्ये एक हो। ’चाइना इस्टर्न’ चीनका तीन प्रमुख उड्डयन कम्पनीहरूमध्ये एक हो। ‘सिभिल एभिएसन एडमिनिस्ट्रेशन अफ चाइना’ (चीनको नागरिक उड्डयन विभाग) को वेबसाइटमा उपलब्ध जानकारीअनुसार विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य थिए । रिपोर्टका अनुसार कति जना घाइते भएका छन् भन्ने अझै खुल्न सकेको छैन ।