एमसिसी परियोजना अन्तर्गत सब–स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने ।

Lok Bhatta ३ वर्ष अघि
  • एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब–स्टेशन निर्माण गर्नका लागि तारबार गर्ने कार्य अगाडि बढाउन जानकारी दिदै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेर सूचना निकालेको छ ।

    सब–स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्ने भनी सूचनामा उल्लेख गरिएको छ ।

    चार सय केभी रातमाटे सब–स्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो ।