पानी पिउन जरुरी छ, तर कहिले र कति पिउने भन्ने पनि बुझ्नुहोस्

Lok Bhatta ३ वर्ष अघि
  • देशका अधिकांश स्थानमा तापक्रम तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थाको सामना गर्न पानीले महत्त्वपूर्ण भूमिका खेल्छ।

    शरीरको तापक्रम नियन्त्रणमा पानीको महत्त्वपूर्ण भूमिका हुन्छ, तर कति पानी पिउने भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ किनभने पानी धेरै कम वा धेरै खानु राम्रो होइन। यसले फाइदाको सट्टा हानि हुन सक्छ।

    धेरैजसो मानिसले खाना खाँदा पानी बढी पिउने गर्छन् । त्यसो गर्नबाट जोगिनु पर्छ। यदि खाना घाँटीमा अड्किएको छ भने एक वा दुई घूँट पानी पिउनु राम्रो हो। खानाको समयमा धेरै पानी पिउनाले पाचन प्रक्रियालाई सुस्त बनाउँछ किनभने मुखमा उत्पादन हुने इन्जाइमहरू सिधै पेटमा जान्छ।

    यति मात्र होइन, धेरैले कसरत गरेपछि धेरै पानी पिउने गर्छन् । यो समयमा धेरै पानी पिउनुको सट्टा १०–१० मिनेटको अन्तरालमा एक वा दुई चुस्की लिन सकिन्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।

    विज्ञहरुका अनुसार मानिसले दैनिक औसत २ देखि ३ लिटर पानी पिउनुपर्छ तर अत्याधिक पसिनाले शरीरमा पानीको कमी हुनसक्छ । यस्तो अवस्थामा दैनिक ३ देखि ४ लिटर पानी पिउन सकिन्छ । याद गर्नुहोस् कि एकै सासमा पानी पिउनुको सट्टा, एक चुस्कीले पिउनुहोस् । यसले पाचन शक्तिमा सुधार गर्छ।

    पानी कम पिउनुहुन्छ भने बढ्दो उमेरको प्रभाव चाँडै देखिन थाल्छ र शरीरको मेटाबोलिज्म बिग्रन्छ। फलस्वरूप, बोसो बढ्न थाल्छ।

    कतिपय मानिसले जति धेरै पानी पिउनुहुन्छ, त्यति नै शरीरका लागि फाइदाजनक हुने विश्वास गर्छन् । त्यस्तो पटक्कै होइन । यदि तपाईले आवश्यकता भन्दा बढी पानी पिउनुभयो भने, सोडियमको मात्रा कम हुँदा मस्तिष्कमा सूजन हुन सक्छ । मिर्गौलालाई फिल्टर गर्न थप दबाब पर्न सक्छ, जसले मृगौला फेल हुने जोखिम बढाउँछ । यसबाहेक, मांसपेशी दुखाइ वा कमजोरी महसुस हुन सक्छ ।