चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

Lok Bhatta ३ वर्ष अघि
  • शेरबहादुर देउवा गठबन्धन दलहरूको समर्थनमा प्रधानमन्त्री बनेपछि नेपालमा पहिलो पटक चिनियाँ नेताको उच्चस्तरीय भ्रमण हुदैछ ।

    परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउन लागेका हुन् । उनी आज अपरान्ह काडामाडौं आइपुग्ने छन् । यो उनको तीन दिने नेपाल भ्रमण हुनेछन् ।

    वाङको भ्रमणका बेला नेपाल र चीनबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी हुनेछ भने विभिन्न परियोजनाबारे कुराकानी हुने बताइएको छ ।

    वाङको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।