टर्कीका राष्ट्रपतिले गरे पुटिनसँग युद्धविरामको आह्वान

Lok Bhatta ३ वर्ष अघि
  • टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् र युक्रेनमा युद्धविरामको आवश्यकतामा जोड दिएका छन् । यो जानकारी एर्डोनको कार्यालयले दिएको हो ।

    एर्दोगानले यस क्षेत्रको मानवीय स्थितिमा सुधारको लागि पनि आह्वान गरे । विज्ञप्तिमा थप भनिएको छ कि दुई नेताहरूले रुसी र युक्रेनी अधिकारीहरू बीचको अर्को बैठक इस्तानबुलमा हुने कुरामा सहमत भएका छन् । तर, यसका लागि समय सीमा तोकिएको छैन ।

    यसैबीच रुससँग वार्ता गरिरहेको युक्रेनी प्रतिनिधिमण्डलका एक सदस्यले आइतबारदेखि दुई पक्षले आमनेसामने गर्ने निर्णय गरेको बताए । तर, रुसका प्रमुख वार्ताकारले मंगलबारदेखि यी वार्ता सुरु हुने बताएका छन् । उनले वार्ता कहाँ हुने भन्ने पनि बताएनन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन रसियासँगको शान्ति सम्झौताको एक भागको रूपमा तटस्थ स्थिति अपनाउन छलफल गर्न तयार रहेको बताएका छन् ।