चीनमा कोरोनाको त्रास बढ्न थाल्यो

Lok Bhatta ३ वर्ष अघि
  • सांघाईमा शनिबार कोरोनाका ६,०५१ नयाँ केसहरू दर्ता भएका छन्। यहाँ कोरोना संक्रमित बढ्दै गएका छन् । अब चिनियाँ प्रशासनले थप कडाइ गर्न थालेको छ, जसका कारण सर्वसाधारण त्रसित छन् । चीनको सबैभन्दा ठूलो सहर सांघाई कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ कोरोना रोकथामका लागि नयाँ–नयाँ प्रतिबन्ध लगाइएको छ । अवस्था यस्तो छ कि यहाँ सरकारले नाकाबन्दी कडा बनाएर सर्वसाधारणको सास्ती बढाएको छ ।


    मिडिया रिपोर्टका अनुसार बालबालिकालाई आमाबुवाबाट मात्रै लगिदैन, उनीहरू कहाँ छन् भन्नेबारे पनि जानकारी दिइँदैन । मानिसहरूले आफ्ना छोराछोरीको बारेमा जानकारीको लागि बिन्ती गरिरहेका छन्, तर प्रशासनको कान पनि परेको छैन ।

    साङ्घाईमा बालबालिकाका लागि बनाइएको क्वारेन्टाइन सेन्टरसँग सम्बन्धित बालबालिकाका रोएको तस्विर देखेपछि अभिभावक तनावमा छन् । सांघाई सहरमा पछिल्लो २४ घण्टामा ६३११ नयाँ कोरोना संक्रमित थपिए पछि झनै डरलाग्दो अवस्था सृजित भएको छ ।