दक्षिण अफ्रिकामा भीषण बाढीका कारण ४०० भन्दा बढी व्यक्तिको मृत्यु

Lok Bhatta ३ वर्ष अघि
  • दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशमा भयंकर बाढीको प्रकोपका कारण राष्ट्रिय प्रकोपको अवस्थाको घोषणा गरेका छन् । क्वाजुलु–नाताल प्रान्तको तटीय प्रान्तमा बाढीले ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र धेरै बेपत्ता भएका छन्।

    जानकारी अनुसार देशमा ४० हजारभन्दा बढी घरबारविहीन पनि भएका छन् । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि मुलुकमा लगाइएको प्रतिबन्ध हटेको पन्ध्र दिनपछि मात्रै रामाफोसाले राष्ट्रिय विपद्को अवस्था घोषणा गरेको छ । रामाफोसाले चार दिनदेखि लगातार परेको अविरल वर्षा र बाढीका लागि जलवायु परिवर्तनलाई जिम्मेवार ठहर्याएका छन् ।

    अहिले बाढीले डरबनबाट देशैभरको इन्धन र खाद्यान्न आपूर्ति अवरुद्ध भएको उनले बताए । उद्धार टोलीहरूले केजेटएन मा हालैका दिनहरूमा भारी वर्षापछि बाढी पहिरोका कारण बेपत्ता भएका मानिसहरूलाई खोजिरहेका छन्।