पोखराको मेयरमा दीपक पौडेलको टिकट खोसियो

Lok Bhatta २ वर्ष अघि
  • मेयरका उम्मेदवार दिपक पौडेलले पोखरामा सुनको सिक्री चोरेको भिडियो भाइरल भएपछि नेकपा एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो ।


    शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो ।


    चौतर्फि आलोचना भएपछि एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापाको नाम टुंगो लगाएको हो । एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले केन्द्रीय नेताहरुले मेयरमा दीपक पौडेलको नाम सच्याएर कृष्ण थापा र उपमेयरमा मञ्जुदेवीकै नाम टुंगो लगाएको बताए ।