ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट दिएर उम्मेदवार उठाउने पक्का गरेका हुन् । चिरिबाबु महर्जन ललितपुरका वर्तमान मेयर हुन् ।
मेयरको उम्मेदवारका लागि चिरिबाबु महर्जन सँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम समेत छलफलमा थियो ।