सफलता चाहनुहुन्छ भने बुद्धका यी वचन पालन गर्नुहोस्

Lok Bhatta २ वर्ष अघि
  • राजपरिवारमा जन्मेका महात्मा बुद्धको जन्म ईसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा भएको थियो । जीवनको एक चरणमा उहाँले रोग, वृद्धावस्था र मृत्युजस्ता मानव जीवनका दुःखहरू देख्नुभयो। त्यसपछि २९ वर्षको उमेरमा सांसारिक जीवन त्यागेर सत्यको खोजीमा लागे । बोधगयामा पीपलको रुखमुनि ध्यान गर्दा उनले आत्मसाक्षात्कार प्राप्त गरे ।

    त्यसबेलादेखि ८० वर्षको उमेरमा उनको मृत्युसम्म उनले आफ्नो सम्पूर्ण जीवन यात्रा र जीवन चक्रबाट मुक्त हुने बाटो देखाउन बिताए । उनको मृत्यु पछि उनका चेलाहरूले राजगृहमा परिषद् बोलाए, जहाँ बुद्ध धर्मको मुख्य शिक्षाहरू संहिताबद्ध गरिएको थियो। बुद्ध धर्म महात्मा बुद्धका सिद्धान्तहरूमा आधारित हिनयान र महायान दुई सम्प्रदायहरूमा विभाजित भयो।

    बुद्धका सिद्धान्तमा आधारित बुद्ध धर्मको प्रचार प्रसार गर्ने कार्य बुद्धका अनुयायीहरूले गरेका थिए । वर्तमान समयमा महात्मा बुद्धका सन्देश र विचारहरू सान्दर्भिक मानिन्छन्।

    भगवान बुद्धका अनुसार सन्तुष्टि सबैभन्दा ठूलो धन हो, वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो भने स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । जीवनमा कुनै पनि उद्देश्य वा लक्ष्यमा पुग्नु भन्दा महत्त्वपूर्ण त्यो यात्रा राम्रोसँग पूरा गर्नु हो।

    बुद्धका अनुसार सधैं क्रोधित हुनु भनेको अर्को व्यक्तिमा फ्याँक्ने इच्छामा जलिरहेको कोइला आफैंमा समात्नु जस्तै हो। यो क्रोधले तपाईंलाई पहिले जलाउँछ।

    महात्मा बुद्धका अनुसार जङ्गली जनावरभन्दा कपटी र दुष्ट मित्रसँग डराउनुपर्छ । जङ्गली जनावरले तपाईंको शरीरलाई हानि पु¥याउन सक्छ, जबकि खराब साथीले तपाईंको बुद्धिलाई हानि पु¥याउन सक्छ।

    महात्मा बुद्धका अनुसार मानिसले न आफ्नो विगतमा ध्यान केन्द्रित गर्नुपर्छ न भविष्यको बारेमा सोच्नु पर्छ । वर्तमानमा जिउने बानी बसाल्नु पर्छ, तब मात्र जीवनमा शान्ति आउँछ।

    जिन्दगीमा हजारौ युद्ध जित्नु भन्दा आफैलाई जित्नु राम्रो हो । यदि तिमीले यसो गर्यौ भने जित सधै तिम्रो हुनेछ, तिमीबाट कसैले खोस्न सक्दैन।

    दुष्टताले दुष्टतालाई मेटाउन सकिँदैन। घृणाको अन्त्य प्रेमले मात्र गर्न सकिन्छ, यो अटुट सत्य हो।