स्थानीय निर्वाचनका लागि १ लाख ४१ हजार उम्मेदवारी

Lok Bhatta २ वर्ष अघि
  • स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरुको संख्या एक लाख ४१ हजार पुगेको छ ।

    बिहान १०ः३० बजे अध्यावधिक विवरण दिंदै निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको छ ।

    देशभरिका महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

    वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।