
आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह –बालेन) ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् ।
सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि छिन् ।
स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् । यही गतिमा मतान्तर बढ्दैजाने हो भने बालेन साह भारि मतले विजय हुने सम्भावना रहेको छ ।
वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी छ ।