गौतम बुद्धका अनमोल विचार

Lok Bhatta २ वर्ष अघि
  • हिन्दू शास्त्र अनुसार गौतम बुद्धलाई भगवान विष्णुको नवौं अवतार मानिन्छ । बुद्ध धर्मका संस्थापक गौतम बुद्ध एक महान आध्यात्मिक गुरु थिए। भगवान बुद्धले सम्पूर्ण विश्वलाई करुणा र सहिष्णुताको मार्गमा लाग्न प्रेरित गर्नुभयो। उहाँले दिनुभएका शिक्षा, सन्देश र विचारले नैतिक मूल्यमान्यताभन्दा बाहेक सन्तुष्टिमा आधारित जीवन जिउने प्रयास गर्न मानवजातिलाई प्रेरित गर्छ । भगवान बुद्धले दिएका केही उपदेशका बारेमा जानौँ ।

    आफ्नो मुक्तिको लागि आफैलाई प्रयास गर्नुहोस् । अरुमा भर पर्नु हुन्न ।

    रिसमा हजारौं शब्दहरू गलत उच्चारण गर्नु भन्दा राम्रो, मौनता एक शब्द हो जसले जीवनमा शान्ति दिन्छ ।

    आफूसँग भएको कुरालाई बढाइचढाइ नगर्नुहोस् वा अरूको ईर्ष्या नगर्नुहोस् ।

    दुष्टताको अन्त्य कहिल्यै खराबीले हुँदैन । घृणाको अन्त्य प्रेमले मात्र हुन्छ, यो अटुट सत्य हो ।

    जसरी आगो बिना मैनबत्ती बल्न सक्दैन, त्यसरी नै मानिस आध्यात्मिक जीवन बिना बाँच्न सक्दैन।

    रिसलाई पक्रिराख्नु भनेको तातेको कोइलालाई कसैमाथि फाल्ने मनसायले समात्नु जस्तै हो, यसले तपाईंलाई जलाउँछ ।

    मानिस खराब हुनुपर्छ ताकि उसमा असलले आफ्नो शुद्धता प्रमाणित गर्न सकोस् ।