भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायम

Lok Bhatta २ वर्ष अघि
  • भरतपुर महानगरपालिका चितवनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतान्तरले अग्रता लिएकी छन् ।

    नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाउँदा उनले ४४ हजार ३०५ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएर सुवेदीलाई पछ्याइरहेका छन् ।

    विजय भन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ । भरतपुरको मत गणना जारी छ ।