साम्पाङले लिए मेयरको शपथ

Lok Bhatta २ वर्ष अघि
  • सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गर्थे हर्क साम्पाङ । सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका थिए । उनै हर्क साम्पाङलाई धराने जनताले मेयरमा जिताएका छन् ।

    सुनसरीको धरान उपमहानगरपालिकाका निर्वाचित भएपछि, हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् ।

    धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् ।

    उनलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए ।