माता चण्डीले आफ्नै टाउको काटेर हातमा किन राखिन ?

Lok Bhatta ३ वर्ष अघि
  • मार्कण्डेय पुराणमा भनिएको एक किंवदन्ती अनुसार माँ चण्डीले भयंकर युद्धमा राक्षसहरूलाई परास्त गर्दा उनका दुई योगिनी जय र विजया युद्ध समाप्त भएपछि पनि रगतले तिर्खाएका थिए । उनीहरुको भोक मेटाउन माता चण्डीले आफ्नै टाउको काटेर रगतले उनीहरुको तिर्खा मेटाउनुभयो भन्ने किंवदन्ती छ । त्यसैबेला माता चयडीले आफ्नो काटेको टाउको हातमा समातेको देखिन्छ ।

    उसको घाँटीको धमनीबाट निस्केको रगतको धाराले उनको दुबै छेउमा उभिएर बसेका दुई नग्न योगिनी पिइरहेका छन् । छिन्नमस्तिका देवीको तेज र प्रतापको पनि पुराणमा उल्लेख छ । माताको उग्र रूप जति दुष्टहरूका लागि विनाशकारी हुन्छ, त्यति नै भक्तहरूका लागि पनि दयालु हुन्छ भन्ने धार्मिक मान्यता छ ।