स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने बिषयमा बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक तनावग्रस्त भएको छ । प्रहरी प्रशासनले सालिक राख्न खोज्दा हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत प्रयोग गरेको छ ।
जनआन्दोलनका बेला २०६२÷६३ मा धम्बोजी चोकमा रहेको वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यहाँ वीरेन्द्रको सालिक हटाएर राष्ट्रिय झण्डा राखिएको थियो ।उक्त स्थानमा दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर आज केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु राजा वीरेन्द्रको सालिक पुनःस्थापना गर्न उपस्थित भएका थिए ।
उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेका थिए । सालिक राम्ररी राख्न नभ्याउँदै प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले वीरेन्द्रको सालिक त्यहाँबाट प्रहरीले हटाएको छ ।