कुहिने र नकुहिने फोहर नछुट्याए महानगरले फिर्ता पठाइदिने

Lok Bhatta २ वर्ष अघि
  • सामाजिक संजालमा संन्देश जारी गर्दै मेयर बालेन साहले काठमाडौं महानगरपालिकामा फोह व्यबस्थापनमा सहयोग पु¥याउन महानगरबासीलाई आग्रह गरेका छन् । उनले मगलबार सन्देश जारी गरेका छन् । अब काठमाडौंको फोहर उठने तर कुहिने र नकुहिने फोहर घरमै छुट्याउनु पर्ने बताएका छन् उनले बताएका छन् ।

    यदी नछुट्याइउको फोहर राखिएमा महानगरले फिर्तागरिदिने भनिएको छ । जुनसुकै ठाउँबाट निस्किने फोहरलाई कुहिने र नकुहिने गरी दुईकिसमले छुट्याएर राख्नुपर्ने उनको धारणा छ । यसो गर्दा व्यबस्थापन गर्न सजिलो र चाँडो हुने उनले भनेका छन् ।

    यतिबेला लामो समय देखि फोह नउठ्दा महानगर दुगन्ध बनेको छ । फोहर ब्यवस्थापन महानगराका लागि चुनौतिको बिषय समेत बनेको छ । र दिर्घकालिन रुपमा कसरी फोहर ब्यवस्थापन चुनौति बनेको छ । नव निर्वाचित मेयरले व्यबस्थापनका बारेमा रणनीति बनाउनेमा केही गर्लान भन्नेमा महानगरबासी आसाबादी छन् । तर केके गर्छन भन्ने हेर्न अझै बाँकी छ ।