भाडामा बस्ने विद्यार्थीलाई विद्युतीय चुलो निःशुल्क

Lok Bhatta ३ वर्ष अघि
  • सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना जारी आवेदन खुला गरेको हो ।

    विद्युतीय चुलोका लागि लोपोन्मुख, आदिबासी जनजाति तथा दलित वर्गका विद्यार्थीले आवेदन दिन सक्नेछन् । काठमाडौं बाहिरबाट उपत्यकामा आएर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने यी वर्गमा विद्यार्थीले आवेदन दिन सक्ने बताइएको छ ।

    विद्यार्थीहरूले आगामी असार ९ गते भित्रमा आवेदन दिइ सक्नुपर्नेछ । अनिवार्य रूपमा अनलाइन फाराम भरेर इमेलमा आएको टोकन नम्बर निवेदनमा समावेश गरेर केन्द्रमा बुझाउनुपर्छ ।
    आवेदन भर्नको लागि नागरिकताको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस तथा विद्यार्थी परिचयपत्र प्रतिलिपि र लोपोन्मुख आदिवासी, जनजाति तथा दलित वर्ग भएको खुल्ने परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने छ ।


    एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत पुर्याउन विद्युतीय चुलो उपलब्ध गराउन लागिएको हो। यस्तो सुविधा सरकारी र सामुदायिक शिक्षण संस्थामा अध्ययनरतले पाउने छन् ।