
हिन्दू धर्ममा गंगालाई माताको दर्जा दिइएको छ र गंगाजललाई अति पवित्र र पूजनीय मानिन्छ । कुनै पनि शुभ कार्य र पूजा अनुष्ठानमा गंगाजलको प्रयोग अवश्य गरिन्छ । गंगाजल बिना कुनै शुभ कार्य पूरा हुँदैन । साथै, सबै पापबाट मुक्ति पाउनको लागि गंगा दशहराको दिन गंगाको पवित्र जलमा स्नान गर्नुपर्छ । गंगा भवतारिणी हो, त्यसैले हिन्दू धर्ममा गंगा दशहराको विशेष महत्त्व मानिन्छ ।
पौराणिक धार्मिक मान्यता अनुसार यस दिन माता गंगा पृथ्वीमा अवतरण गर्नुभएको थियो । पौराणिक मान्यता अनुसार भगीरथले आफ्ना पुर्खाको आत्मालाई बचाउन गंगालाई पृथ्वीमा ल्याएका थिए । त्यसैले गंगालाई भागीरथी पनि भनिन्छ । हिन्दू क्यालेन्डर अनुसार प्रत्येक वर्ष जेठ शुक्ल पक्षको दशमीका दिन मनाइने पवित्र पर्व हो ।
यस दिन माता गंगाको पूजा विधिपूर्वक गरिन्छ । धार्मिक ग्रन्थका अनुसार यस दिन गंगा स्नान गरी दान गर्नुको विशेष महत्व रहेको छ । नेपालमा पनि खप्तडमा गंगादशहरा पर्व धुमधामका साथ मनाइन्छ । त्यहाँ ठूलो मेला लाग्ने गर्छ । देश बिदेशबाट हजारौँको संख्यामा पर्यटक तथा तिर्थालुहरु खप्तड पुग्ने गर्दछन् । खप्तडको प्राकृतिक सुन्दरताले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउछ ।
खप्डमा रहेका बिभिन्न सम्पदाहरु र त्यहाँ रहेका पाटनहरुमा पर्यटकहरु रमण गर्न धेरै नै रुचाउने गर्दछन् । गंगादशहराको अवसरमा बिभिन्न धार्मिक र सांस्कृतिक अनुष्ठानहरु समेत सम्पन्न हुने गर्दछन्