१०४ हजयात्री मक्का मदिना प्रस्थान

Lok Bhatta ३ वर्ष अघि
  • साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपालका १०४ जना हज यात्री साउदी अरब प्रस्थान गरेका छन् । मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जानलागेका हजयात्रीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाई गरेका हुन ।

    मंगलबार बिहान विभिन्न जिल्लाका १०४ हज यात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् ।
    बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हज यात्री तथा १ जना प्रतिनिधी रहेका छन ।