सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले एक कार्यक्रम गरेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरेका छन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको बताएका छन् ।
लामिछानेले पार्टीको कनै पनि भ्रातृ संगठन नबनाउने, पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उनले बताएका छन् ।