प्लास्टिकको प्रयोग कसरी घटाउने

Lok Bhatta २ वर्ष अघि
  • हामी सबैभन्दा बढी प्लास्टिक प्रयोग गर्छौं । तरकारी लिँदाको प्रयोग, दालको प्याकेट लगाएत धेरै चिजमा प्लास्टिकको प्रयोग हुन्छ र कहिलेकाहीँ खाजाको बक्समा पनि प्लास्टिकको प्रयोग हुन्छ ।

    एक अनुसन्धानका अनुसार विश्वभर हरेक मिनेट करिब १० लाख प्लास्टिकका बोतलहरू प्रयोग गरिन्छ, जसमध्ये ९ प्रतिशत मात्रै रिसाइकल गर्न सकिन्छ ।

    यी प्लास्टिक र फोइलले हावा र पानीलाई दूषित बनाउँछ । यी प्लाष्टिकले हाम्रो स्वास्थ्यलाई हानि पु¥याइरहेका छन्, तर साथसाथै जनावर र वातावरणलाई पनि हानि पु¥याइरहेका छन् ।

    त्यसैले प्लाष्टिक कम गर्ने प्रयास गर्नु राम्रो हो । सुपरमार्केट र बजारहरूमा कपडाको झोलाहरू लैजानु राम्रो हुन्छ । जब सबैले कपडाको झोला प्रयोग गर्छन्, प्लास्टिकको खपत पनि कम हुनेछ । यस बाहेक बेसार वा नुनको प्याकेट किनारबाट काटिएको छ भने सानो भागलाई काटेर अलग नगर्नुहोस् । यसरी काट्नुहोस् कि काटिएको भाग प्याकेटमा संलग्न रहन्छ । प्लास्टिकका साना टुक्राहरू पुनः प्रयोग गर्न मिल्दैन। फोहोरमा मिसाउँदा माटोको लागि घातक साबित हुन्छ ।