विज एयरको १९० सिट क्षमताको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

Lok Bhatta २ वर्ष अघि
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । यो नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय हो । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन् ।

    भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ । विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ ।